सुनको भाउ लगातार बढ्दै, मंगलबार १६ सय रुपैयाँले बढ्यो
काठमाडौं । सुनको भाउ लगातार बढ्न थालेको छ। मंगलबार तोलामा सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो भने अस्ति तोलामा १ हजार ७ सय रुपैयाँले बढेको थियो । भाउ अझै बढ्ने अनुमान छ ।
यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #सुनको भाउ
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्