भारतको अध्यक्षतामा जी–२० को प्रभावकारी भूमिकाः भारतका लागि अजेन्टिनाका राजदूत
नयाँ दिल्ली । भारतका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोबीले भारतको अध्यक्षता रहेको जी–२० ले विश्वव्यापी एजेन्डा अगाडि बढाउन महत्त्वपूर्ण नेतृत्व भूमिका खेल्दै आएको बताएका छन्।
केन्द्रीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले सोमबार दिल्लीमा आयोजना गरेको होली महोत्सव २०२३ मा उनले उक्त टिप्पणी गरेका हुन् ।
भारतका लागि अर्जेन्टिनाका राजदूत गोबीले होलीको उत्सव मनाउन पाउँदा खुसी व्यक्त गरे। उनले भारतलाई सधैँ समर्थन गर्दै आएको अर्जेन्टिनाले भारतको जी–२० नेतृत्वबाट धेरै आशावादी भएको र अहिलेसम्म भारतले गरेको कार्य प्रशंसायोग्य रहेको उनले बताए ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्