पानी जहाज दुर्घटनामा दुई पाकिस्तानी नागरिकको मृत्यु, सत्रजनाको उद्धार
इटाली । दक्षिणी इटालीको तटमा एउटा पानी जहाज दुर्घटनामा परी कम्तीमा दुई पाकिस्तानी नागरिकको मृत्यु हुनुका साथै १७ जनालाई उद्धार गरिएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
जहाजमा रहेका दुई जना अझै बेपत्ता छन्, पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले बिहीबारको साप्ताहिक पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
‘रोममा रहेको हाम्रो दूतावासले जीवित व्यक्तिहरूको कल्याण र मृतकको शवको ढुवानीका लागि इटालियन अधिकारीहरूसँग सक्रिय रूपमा संलग्न रहेको छ ’ बलोचले भनेका छन् ।
गत फेब्रुअरी २४ मा भएको दुर्घटनामा ६४ भन्दा बढी शरणार्थीहरूको मृत्यु भएको थियो । जहाजमा एक सय भन्दा बढी शरणार्थी बोकेको बताइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्