एमाले अध्यक्ष ओलीले भने: राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भयो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको जिकिर गरेका छन् । शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद केन्द्रिय समिति बैठकमा अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको बताएका हुन् ।
ओलीले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीविहरुलाई आग्रह गरेका छन् । उनले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले विगुल फुक्नुपर्ने जरुरी रहेको बताए ।
लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीविहरुले जनतालाई भ्रममुक्त बनाउनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको पटक–पटक दोहोर्याएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओलीले, #बुद्धिजीवि परिषद
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्