जम्मू–कश्मीरले एक वर्षमा प्राप्त गर्यो ६६ हजार करोड भारतीय रुपैयाँ लगानी प्रस्ताव
श्रीनगर । केन्द्र शासित जम्मू र कश्मीर प्रदेशको इतिहासमा सबैभन्दा ठूलो आर्थिक सहयोग प्राप्त गर्न भएको छ । यस प्रदेशले एक वर्षको अवधिमा करिब ६६ हजार ण् करोड भारतीय रुपैयाँको निजी लगानी प्रस्तावहरू प्राप्त गरेको छ । यसैगरी जम्मू कश्मीरमा १ वर्षमा १ हजार ४५५ उद्योगहरु पनि सञ्चालन भएका छन् ।
यसबाहेक, प्रशासनको आधिकारिक विज्ञप्ति अनुसार, नयाँ औद्योगिक विकास योजना अन्र्तगत केन्द्र सरकारले २८,४०० करोड भारतीय रुपैयाँ लगानीको लागि स्वीकृत गरेको छ । जम्मू कश्मीरमा विकास, रोजगारी सृजनादेखि उद्यमशीलतासम्म सरकारले जम्मू–कश्मीरलाई चौथो औद्योगिक क्रान्ति उद्योग ४।० को नमुना बनाउने भएको छ ।
सरकार संस्थागत तत्परता प्रवर्द्धन गर्न, उद्यमशीलता बढाउन र लगानी आकर्षित गर्न अथक प्रयास गरिरहेको छ। यस्तै, केन्द्र शासित प्रदेशका जनताले अब भारतका अन्य सबै नागरिकहरूले पाउने अधिकार र सुविधाको पूर्ण रूपमा उपभोग गर्न पनि पाउने भएका छन् ।
जम्मू र कश्मीर अहिलेको रूपमा नयाँ व्यवसायहरू स्थापना गर्नका लागि उत्तम प्रोत्साहन र सुधारिएको पूर्वाधार सुविधाहरूको साथ देशको एक उत्कृष्ट गन्तव्यको रूपमा उभरिरहेको छ। यसबाहेक, जम्मू—कश्मीर सरकारले जग्गा बाँडफाँडको पारदर्शी नीति, निजी औद्योगिक सम्पदा विकास, र व्यापार गर्न सजिलो सुनिश्चित गर्ने सहित उद्योगहरूको सबै महत्त्वपूर्ण आवश्यकताहरू पूरा गरिरहेको छ । (एएनआई)
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्