भारतीय वायूसेना कम्पनीले १ हजार १ सय ठूला–साना हवाईजहाज खरिद गर्ने
नयाँ दिल्ली । भारतका वायुसेवा कम्पनीले १ हजार १ सय भन्दा बढी हवाईजहाज खरिद गर्न लागेका छन् । १७ वर्षभन्दा बढी समयपछि टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डियाले मंगलबार एयरबस र बोइङसँग जम्मा ४७० वटा विमानको अर्डर गरिसकेको छ । यो अहिलेसम्मकै धेरै खरिद गर्न लागिएको हो । यसमा वाइड बडी र न्यारो बडी एयरक्राफ्ट रहेका छन् ।
यस्तै भारतको सबैभन्दा ठूलो एयरलायन्स इन्डिगोले लगभग ५०० विमानहरू अर्डर गरेको छ । त्यस्तै, अलास्का एयरले ७६ बोइङ ९न्यारो बडी० लागि अर्डर गरेकोमा, १६ वटा विमानहरू डेलिभरी भइसकेका छन्।
गो एयरको नामले चिनिने गो फर्स्टले पनि ७२ वटा विमान अर्डरमा छन् भने भिस्टाराले थप १७ वटा बोइङ विमान खरिद गर्ने छन् । एयर इण्डिया, इन्डिगो, आकासा एयर, गो फर्स्ट र भिस्टारासँग कम्तिमा १,११५ विमानहरू अर्डरमा छन्। हाल, देशमा लगभग ७०० व्यावसायिक विमानहरू छन्, जसमध्ये धेरैजसो न्यारो बडी वा एकल अइस्ले विमानहरू छन्।
यसमध्ये भारतीय विमान कम्पनीसँग एयरबसका करिब ४७० विमान र बोइङका करिब १५९ बोइङ विमान व्यावसायिक सेवामा छन्। भारतले आगामी दुई दशकमा करिब २,२१० नयाँ विमानको आवश्यकता पर्ने प्रक्षेपण गरेको छ र सन् २०४१ सम्ममा वार्षिक आन्तरिक हवाई यातायातको वृद्धि झण्डै ७ प्रतिशत हुने अनुमान गरेको छ। भारतीय कम्पनीले आगामी एक देखि दुई वर्षमा १,५०० देखि १,७०० विमानहरूको लागि अर्डर गर्ने सम्भावना रहेको बताइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्