Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौं । आज फागुन ७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवसलाई निरन्तरता दिदै आइएको हो ।

फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको पुरक उपलब्धीका रुपमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यी नै राजनीतिक परिवर्तनको बलमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी अहिले कार्यान्वयनको चरण सुरु भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएको राजनीतिज्ञ र अधिकारकर्मीहरुले बताउने गरेका छन् । सरकारले दिवसका अवशरमा आज सार्वजनिक बिदा दिएको छ ।

दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक समृद्धिलाई अबको मूल लक्ष्य बनाउनुपर्ने बताएकि छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् ।

दिवसका अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् । यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले समेत शुभकामना दिँदै राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था बीच आपसी विश्वासका साथ सहकार्यका लागि ढिलाई गर्न नहुने बताएका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #२००७ साल, #प्रजातन्त्र स्थापना, #फागुन ७ गते एकतन्त्रीय

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं