प्रचण्ड र ओलीको निरन्तर भेटवार्ता, राष्ट्रपतिबारे निष्किएन समाधान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर छलफल भइरहेको छ । कहिले बालुवाटार त कहिले बालकोटमा लगातार भेटवार्ता भएपनि राष्ट्रपतिको उम्मेद्वारबारे सहमति जुट्न सकेको छैन् ।
शुक्रबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवासमा पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो ।
भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताएका थिए । पटक–पटक वार्ता छलफल भएपनि माओवादी केन्द्रले सहमतिका आधारमा राष्ट्रपतिको उम्मेद्वार बनाउनुपर्ने अडान लिइरहेको छ । तर, नेपाली कांग्रेसले ५ बर्ष प्रचण्डलाई सरकार सञ्चालन गर्न दिने भन्दै राष्ट्रपति आफूले पाउनुपर्ने बताएका छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमालेका अध्यक्ष केपी शर्मा ओली, #केपी शर्मा ओली, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्