चीनको मेगा रेलवे परियोजनाको कारण पाकिस्तान थप संकटमा
लाहोर । पाकिस्तानले चीनको ऋणको आर्थिक भार वहन गर्न नसक्ने बताएको छ । पाकिस्तानले चीनसँग मेगा रेलवे परियोजनाको लागत ४० प्रतिशतले घटाउन चीनसँग वार्ता गर्ने योजना रहेको पाकिस्तानी मन्त्रीले बताएका छन् ।
चीनसँग वार्ता गर्न मन्त्रालयले संघीय मन्त्रिपरिषद्को स्वीकृति लिने रेलमन्त्री ख्वाजा साद रफिकले भने। दुई राष्ट्रले नोभेम्बरमा दक्षिणको कराँचीदेखि पेशावरसम्मको १,१६३ माइलको ट्र्याक अपग्रेड गर्न सहमत भएका थिए। ‘यति ठूलो ऋण कसरी तिर्ने,’ रफिकले भने ।
पाकिस्तान दक्षिण एसियाली राष्ट्रमा सम्पन्न भएको २९ अर्ब डलरभन्दा बढीको परियोजनासहित राष्ट्रपति सी जिनपिङको बेल्ट एण्ड रोड इनिसियटिभको प्रमुख गन्तव्य भएको छ। पाकिस्तानको करिब ३० प्रतिशत विदेशी ऋण चीनको रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले गत वर्षको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्