म्याद नाघेका २१ सय कार्टुन बाह्रसिंगे बियर बरामद

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद सकिएका बियर नियन्त्रणमा लिएको छ । मंगलबार बजार अनुगमनको क्रममा विभागले बाह्रसिङ्गे ब्राण्डका उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको हो ।
विभागका अनुसार याक ब्रुअरी कम्पनीद्वारा उत्पादित उक्त बियर धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाईमेक्स ट्रेडिङ्को गोदाममा भण्डार गरिरहेको अवस्थामा निरीक्षण टोलीले फेला पारेको हो ।
उक्त बियर आवश्यक कारबाहीका लागि सिलबन्दी गरिएको विभागले जनाएको छ । ६ सय ५० मिलि लिटर र ३३० मिलि लिटरका बोत्तलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको विभागले जनाएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्