भैरहवामा कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न
भैरहवा । राष्ट्रिय सहकारी बैंक लिमिटेड भैरहवा शाखाको आयोजनामा त्यस क्षेत्रका सहकारीकर्मीहरुलाई २ दिने कर्जा तथा जोखिम व्यवस्थापन प्रदान गरेको छ । त्यहाँका विभिन्न प्रकृतिका सहकारी संस्थाका सञ्चालक, व्यवस्थापकहरूलाई कर्जाको महत्त्व, कर्जाको प्रक्रिया, कर्जाको उपयोगिता, कर्जा विश्लेषण तथा व्यवस्थापन, जोखिम व्यवस्थापन, लघु कर्जा र धितो सुरक्षणका लागि लिइने कागजात, लगानी, असुली तथा निष्क्रिय कर्जा व्यवस्थापन लगायतका विषयमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको बैकले जनाएको छ ।
तालिमलाई राष्ट्रिय सहकारी बैंकको तालिम विभागका सहायक अधिकृत राजकुमार बरालले कर्जा लगानी प्रक्रिया, कार्यक्षेत्र विस्तार, तालिम सदुपयोगयता, कर्जा सुशासन, कर्जामा निहित जोखिम तथा मुल्याकंन विश्लेषण, लघु कर्जा व्यवस्थापन, कर्जा विश्लेषण र कर्जा असुली तथा अनुगमन लगायतका विषयमा सहजीकरण गरेका थिए ।
बैंकको भैरहवा शाखाका प्रमुख आलोक सिवाकोटीको सञ्चालनमा भएको तालिमको समापन बैंकका सञ्चालक माधवलाल देवकोटाले गरेका थिए । उनले समापन कार्यक्रममा बोल्दै वित्तीय कारोबार गर्ने सहकारी संघ/संस्थाहरुमा कर्जा कारोबारको व्यवस्थापन अति महत्वपूर्ण हुने भन्दै सदस्य संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउन तालिम सहयोगी हुने बताए । तालिममा विभिन्न सहकारी संस्थाका ४१ जनाको सहभागिता रहेको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्