सर्बोच्च अदालतको फैसलालाई चुनौति, १० प्रतिशत सेवा शुल्क लिन पाउने भन्दै आन्दोलन
काठमाडौं । दश प्रतिशत सेवा शुल्क लिन पाउनुपर्ने माग गर्दै ७ दिने संघर्षका कार्यक्रम घोषणा भएको छ । केन्द्रीय संयुक्त ट्रेड युनियन संघर्ष समितिले बुधवार काठमाडौंमा विरोध सभा गर्दै होटल तथा रेष्टुराँमा काम गर्ने ट्रेड युनियनले १० प्रतिशत सेवा शुल्क पुनः लिन पाउनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो।
गत बुधवार सर्वोच्च अदालतले होटल, रेष्टुराँले सेवा शुल्कको नाममा १० प्रतिशत थप रकम लिन नपाउने फैसला गरेको थियो। उक्त फैसलासँगै आफूले खाइपाइ आएको सुविधा कटौती भएको भन्दै होटल मजदुरहरू आन्दोलनमा उत्रिएका छन् ।
समितिले होटल तथा पर्यटन क्षेत्रमा सेवा शुल्क लगाउने होटल संघ र होटल क्षेत्रका ट्रेड युनियनहरूबीच सन् २००६ मा नै सम्झौता भएको र सर्वोच्च अदातलले पनि सेवा शुल्क लिनेविरुद्ध परेको निवेदन खारेज गरेको बताएको छ। आन्दोलनमा नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल तथा क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट संघ नेपालको समेत साथ छ।
होटल, लज, मोटल, रेष्टुराँ, फुडकोर्ट, खाजा तथा नास्ता पसलले श्रम ऐन २०७४ को दफा ८७ (३) र श्रम नियमावली २०७५ को नियम ८२ को प्रावधानका आधारमा ग्राहकबाट थप १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए ।
क्याटेगोरी : जनगुनासो, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्