नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री नुल्याण्डको दौडधुप, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवासँग भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाकाको विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले भेटवार्तालाई तिब्रता दिएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाकाको विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डवीच शिष्टाचार भेटवार्ता भएको हो ।
विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नुल्याण्ड शिष्टाचार भेट गर्न पुगेकी थिइन । भेटमा दुई पक्षीय साझेदारीका विभिन्न विषय तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्याण्डले अन्य राजनीतिक दलका नेताहरुसँग पनि छलफल गर्ने बताइएको छ ।
त्यस्तै, नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् ।सोमबार बिहान धुम्बाराहीस्थित देउवा निवास पुगेर उनले सभापति देउवासँग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको बताइएको छ । देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यवाद समेत दिएका थिए ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्