हिरासतबाट ६ जना आरोपित फरार, हिरासत कक्षको भित्ता कमजोर
धनुषा । जिल्लाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना आरोपित फरार भएका छन् । आईतवार राति पर्खाल भत्काएर ६ जना आरोपितहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका फरार आरोपितमध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना राष्ट्रसेवक बाधा मुद्धाको रहेका छन् । फरार हुनेमा रोशन महतो र शंकर सिंह हातहतियार मुद्धा, विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध मुद्धा र रोशन यादव र हरिदीप सिंह राष्ट्रसेवक बाधा मुद्धाका आरोपीहरु छन् ।
हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएकाले भित्ता फोरेर अभियुक्तहरु भाग्न सफल भएको प्रहरीको भनाइ छ । फरार आरोपीहरको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रहरी कार्यालय धनुषा, #हिरासतबाट ६ जना आरोपित फरार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्