हिरासतबाट ६ जना आरोपित फरार, हिरासत कक्षको भित्ता कमजोर
धनुषा । जिल्लाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना आरोपित फरार भएका छन् । आईतवार राति पर्खाल भत्काएर ६ जना आरोपितहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका फरार आरोपितमध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना राष्ट्रसेवक बाधा मुद्धाको रहेका छन् । फरार हुनेमा रोशन महतो र शंकर सिंह हातहतियार मुद्धा, विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध मुद्धा र रोशन यादव र हरिदीप सिंह राष्ट्रसेवक बाधा मुद्धाका आरोपीहरु छन् ।
हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएकाले भित्ता फोरेर अभियुक्तहरु भाग्न सफल भएको प्रहरीको भनाइ छ । फरार आरोपीहरको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रहरी कार्यालय धनुषा, #हिरासतबाट ६ जना आरोपित फरार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्