घण्टौँ रोकिएको त्रिभुवन विमानस्थलको उडान सुचारु,सर्भर डाउनको समस्या हल
काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको वेबसाइटमा समस्या आएपछि प्रभावित भएको उडान सुचारु भएको छ । करिब २ घण्टा विमान उडान रोकिएपछि उडान सुचारु भएको हो । घण्टौँ उडान रोकिदा त्रिभुवन विमानस्थलमा नाराबाजी नै भएको थियो । सयौँ यात्रुहरु अलपत्र परेका थिए ।
विदेशबाट नेपाल आएका यात्रुहरु समेत अध्यागमनको बेभसाईड नचल्दा मारमा परेका थिए । फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डिया लगायत ६ भन्दा बढी अन्तर्राष्ट्रिय उडान रोकिएकोमा अहिले सबै उडान सुचारु हुने अवस्था आएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सबै सरकारी वेबसाइट डाउन भएकाले समस्या समाधानको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारि दिएको छ । सरकारी वेबसाइटमा विदेशबाट धेरै ‘ट्राफिक’ आएकाले समस्या भएको र अहिले समाधानको अन्तिम चरणमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारि दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उडान सुचारु, #विमान उडान, #वेबसाइटमा समस्या
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्