रविको दुखेसोः म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ? म सँग जवाफ छैन
काठमाडौं । सर्बोच्च अदालतको फैसलापछि रवि लामिछानेले आफू अनागरिक भएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका उनले आफू अनागरिक भएको बताएका हुन । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको लामिछानेले बताएका छन् ।
सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछाने गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ’अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु ।
कुनै प्रश्नको जवाफ मसँग छैन ।’ सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभएको नै थाहा छैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #म अनागरिक, #म सँग जवाफ छैन
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्