पाकिस्तान–शासित– कश्मीरमा चरम खाद्य संकट
काठमाडौँ– पाकिस्तान–शासित–कश्मीरमा चरम खाद्य संकट देखिएको छ । यस क्षेत्रमा पछिल्लो समय पिठोको चरम अभाव देखिएको छ । यसरी खाद्य संकट देखिनुमा पाकिस्तान सरकारको कमजोरी भएको बताइएको छ ।
यस क्षेत्रमा सरकारी अनुदानमा उपलब्ध हुने गहुँको आपूर्ति लगभग ठप्प भएको अवस्था छ भने अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ ।
यस्तै, किराना पसलहरू भान्साको लागि प्रयोग हुने साम्रगीको भण्डार सकिँदैछन्। गहुँको पिठो अभावले रोटी र बेकरीका सामानको मूल्य पनि बढेको छ ।
खाद्य संकट बढेसँगै मानिसहरूबीच झडप पनि भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मुजफ्फराबादका प्रदर्शनकारीले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् । आधारभूत आवश्यकता र जीवनस्तरमा असर परेको समस्याको शृङ्खलामा यो पछिल्लो प्रहार भएको स्थानीयले बताएका छन् ।
एक स्थानीय व्यापारीले भने, ‘अत्यावश्यक वस्तुहरू सर्वसाधारणको पहुँचभन्दा बाहिर छन् र हामी असहाय छौं, सरकारले हामीलाई सहयोग गर्न सकेको छैन, जसका कारण हामीले होटलहरू पूर्ण रूपमा बन्द गर्नुपरेको छ। हामीले हाम्रा आपूर्तिहरू पूर्ण रूपमा पाएका छैनौं ।’
पाकिस्तानमा गत वर्षको बाढीको कारण कृषि उत्पादनमा गम्भीर असर पारेको बेला, इस्लामाबादले यस क्षेत्रलाई सधैं सौतेनी व्यवहार गरेको कुरा लुकेको छैन। त्यसो त यस क्षेत्रका सर्वसाधरण सात दशकभन्दा बढी समयदेखि भेदभाव भोगिरहेका छन् र यो क्रम अझै रोकिएको छैन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्