भारत, गुयाना तेल र ग्यास आदान प्रदान गर्न सहमत
काठमाडौं । भारत दक्षिण अमेरिकी देश गुयानाबाट कच्चा तेल खरिद गर्न सहमत भएका छन् । यस्तै, तेलको दिर्घकालीन विकास र उत्पादनको लागि सहयोग गर्न सहमत भएका छन्।
तेलमन्त्री हरदीप सिंह पुरीले बिहीबार गुयानाका राष्ट्रपति मोहम्मद इरफान अलीलाई भेटेका थिए। नेताहरूले तेल र ग्यास क्षेत्र जीटुजी सहयोग गर्ने सहमति जनाएको इकोनोमिक टाइम्सले लेखेको छ ।
यसैगरी, तेलको उत्खनन्, भण्डारण र निर्यातलाई सहज बनाउन दुईवटा प्राविधिक टोली गठन गर्न नेताहरु सहमत भएको मन्त्रालयले जनाएको छ ।
आगामी फेब्रुअरीमा गुयानाका उपराष्ट्रपति भरत जगदेवको भारत भ्रमणको क्रममा भावी सहयोगको विषयमा निर्णय हुने बताइएको छ ।
गुयाना सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनी गुयाना पावर एण्ड ग्यास इन्क र इन्जिनियर्स इन्डिया लिमिटेडबीच गुयानामा ३०० मेगावाटको पावर प्लान्ट परियोजनाका लागि परामर्श सेवा उपलब्ध गराउने सम्झौता पनि भएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कच्चा तेल खरिद, #भारत दक्षिण अमेरिकी
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्