आत्मदाह प्रयास गरेका प्रेमप्रसादको उपचारका क्रममा निधन
काठमाडौं । संसद भवन बाहिर आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन बाहिर आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन गएको हो।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको विहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि पेट्रोल छरेर आगो लगाएका थिए । शरीर ८० प्रतिशत जलेको थियो ।
आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्। उनले केही समय आचार्यसँग कुरापनि गरेकी थिइन् । कार्कीले राज्य, हामी हुँदाहुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए ।
राज्यमन्त्री कार्कीले भनेकी थिइन्— हाम्रो नयाँ सरकार बनेको थिो । एकपटक आउनुपर्ने थियो । हामी केही न केही गर्नेथियौँ । त्यसपछि आचार्यले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्ने इच्छा जनाएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आत्मदाह प्रयास, #प्रेम आचार्यको निधन
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्