कांग्रेसबाट राष्ट्रपतिको उम्मेद्वार को ? देउवाले प्रस्ताव गरे रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको उम्मेदवारको रुपमा दुई नेताको नाम प्रस्ताव गरेका छन् । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम मात्रै राष्ट्रपतिको उम्मेद्वारको रुपमा चर्चामा थियो । तर, सभापति देउवाले अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम समेत प्रस्ताव गरेका हुन ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न भन्दै देउवाले आफ्नै निवास, धुम्बाराहीमा बोलाएको बैठकमा देउवाले जसरी पनि राष्ट्रपति आफ्नो पार्टीले लिनुपर्ने भन्दै सम्भावित उम्मेदवारका रुपमा वरिष्ठ नेता पौडेलसँगै सिटौलाको नाम पनि अघि सारेका हुन । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन रहेका बेला पौडेलले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर, पुस ६ गते भएको कांग्रेस संसदीय दलको निर्वाचनमा उनी देउवाको प्रस्तावक भएका थिए ।
सहमति अनुसार उनलाई राष्ट्रपति दिने कुरा बाहिरिएको थियो । पुस १० गते गठबन्धन भत्किएपछि पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले समर्थन गरेको थियो । प्रधानमन्त्री छाड्न देउवा सहमत नभएपछि माओवादी केन्द्रले एमालेसँग मिलेर नयाँ सरकार बनाएको भन्दै चर्को आलोचना देउवाको भएको थियो । सरकार गुमाएपछि कांग्रेसले राष्ट्रपति लिने गरी नेकपा माओवादी केन्द्रसँग छलफल गरी विश्वासको मत दिने निर्णयमा पुगेको बताइएको छ । पौडेल मात्रै आकांक्षी रहेको कांग्रेसमा फेरि सिटौला पनि थपिदा कांग्रेसबाट उम्मेद्वार को बन्ला भन्ने चासो बढेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कांग्रेसबाट राष्ट्रपति, #देउवाले राष्ट्रपति, #रामचन्द्र पौडेल र कृष्ण सिटौला
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्