Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

गृहमन्त्री रवि लामिछाने चौतर्फी घेराबन्दीमा, दर्जन निर्देशन अलपत्र, सांसद पक्राउ गर्न सकस


काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीको कमाण्ड सम्हालेका रबी लामिछानेले कार्यभार सम्हाल्दै कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई सजाय दिने दृढता ब्यक्त गरेका थिए । सोहि अनुसार कार्यदल नै गठन गरियो । उक्त कार्यदल केही प्रमाणहरु खोज्न कञ्चनपुर नै पुग्यो तर अहिलेसम्म के कस्ता प्रमाणह भेटियो र उक्त बिषयको अनुसन्धान कहाँ पुग्यो स्वंय रबीलाई नै थाहा छैन ।

बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी राखेको भन्दै ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिए । उक्त निर्देशन अनुसार केही सुरक्षाकर्मी फकिए, तर अधिकांशले त्यो निर्णय टेरेनन् । गृहको आदेशलाई प्रधानमन्त्री कार्यालयले उल्ट्याइदियो । यसबाट पनि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबीच समन्वय नभएको प्रकट हुन्छ ।

रबीले स्टन्ड बाजीले लागि आफ्नो मातहत भन्दा बाहिर गएर राहदानी विभागको अनुमगन गरे । सर्वसाधारणको वाहवही पाउने नाममा उनले विभागको अनुमगन गरेर सर्वसाधारणले भोगेको सास्तीलाई कम गर्ने भन्दै आश्वासन सम्म दिन भ्याए । तर, विभागको सास्ती अहिलेसम्म पनि हट्न सकेको छैन् । यी त केबल दृष्टान्त हुन्, हत्याको आरोप लागेका र प्रहरीको फरार सूचीमा रहेका महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी कोईरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना खेपिरहे ।

त्यति मात्रै होइन्, प्रहरी प्रशासनले निर्देशन नमानेको भन्दै प्रेस विज्ञप्ती नै जारी गरे । जसले उनलाई झन लज्जित बनाएको छ । संसदको रोष्टमबाटै रबीले आलोचना खेपिएरहेका छन् । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा पक्राउ गर्न जारी गरिएको प्रेश विज्ञप्तीलाई लिएर शनिबारको बैठकमा खरो रुपमा प्रस्तुत भए । चौतर्फी आलोचनापछि गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर गरेको छ ।

सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रुपमै पत्राचार गरेको छ । त्यस्तै रविले कर्मचारी सरुवा बढुवा गर्दा बिधि पद्धति अनुसार हुने र कुनै पनि प्रहरी अधिकारीहरुले नेताको ढोका ढक्ढकाउन नपाउने फर्मान जारी गरे । तर हालै कतिपय जिल्लामा भएको प्रमुख जिल्ला अधिकारीहरुको सरुवामा बिधि पद्धति मिचिएको भन्दै प्रश्न उठेको छ । उनले आफ्नो दलबाट मन्त्री छान्दा पनि समावेशी समानुपाति सिद्धान्तलाई पूर्ण रुपमा निषेध गरेका छन् ।

आँफू स्वयं स्वार्थ बाझिने गरि मन्त्री भएको भन्दै आलोचना भैरहँदा श्रम मन्त्रालयमा पनि मेनपावर ब्यवसायीलाई पठाएको भन्दै चर्को असन्तुष्टि छ । यस्तै मन्त्रीहरु पनि सबै सख आर्य समुदायका छन् । संसद छिर्नुअघि अघि चर्कोचर्को भाषण गर्ने रबी पदमा पुगेपछि प्रतिरक्षामा लागिरहेका छन् । गृहमन्त्रालय विधि र विधानबाट बाहिर जाँदैन् भन्ने रबीका कामहरु निर्देशनमा मात्रै सीमित छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #निर्मला पन्तको हत्यारा, #रबी लामिछाने

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं