Techie IT
  • २७ भदौ २०८२, शुक्रबार

सरकारले अनुदान दिने घोषणा गरेपछि कश्मीरमा सोलारको माग बढ्दो


काठमाडौं । जम्मू र कश्मीर प्रशासनले आवासीय भवनहरूको छतमा सोलार प्यानलहरू स्थापना गर्न २५ प्रतिशत अनुदान दिने घोषणा गरेपछि, कश्मीर उपत्यकामा सोलार प्यानलहरूको माग बढेको छ। यसरी माग बृद्धि हुँदा विद्युतको खपतमा कमि आउनु हो ।

कश्मीर पावर डिस्ट्रिब्युसन कर्पोरेशन लिमिटेड ले जम्मु र कश्मिरउपत्यकामा कुल १,७०० मेगावाट बिजुली आपूर्ति गरिरहेको छ। सरकारले सबै जिल्लाका आवासीय भवनमा सोलार प्यानल जडान गर्न आयोजना लागतको २५ प्रतिशत अनुदान दिने निर्णय गरेपछि स्थानीयले घरको छतमा सोलार प्यानल जडान गरिरहेको भारतीय समाचार संस्था आईएएनएसले समाचारमा उल्लेख गरेको छ ।

यो आयोजना नोभेम्बर २०२३ को अन्त्यसम्ममा सम्पन्न गर्ने भनिए पनि सुरु हुनेबित्तिकै जनताले त्यसतर्फ झुकाव देखाएका छन् । श्रीनगरमा सोलार प्यानल बेच्ने एक व्यवसायीले आफ्नो व्यवसाय विगत दुई वर्षदेखि घाटामा चलिरहेको तर प्रशासनले सोलार प्यानल जडान गर्न अनुदान दिने घोषणा गरेपछि सुधार भएको बताए । उनले सोलार प्यानलको माग ४० प्रतिशतले बढेको बताए ।

अहिले कश्मिरमा विभिन्न कम्पनीले सोलार प्यानल विक्री गरिरहेका छन् । जम्मू र कश्मीर ऊर्जा विकास एजेन्सीका अनुसार केन्द्र शासित प्रदेशमा सौर्य ऊर्जालाई प्रवर्द्धन गर्न धेरै कार्यक्रमहरू सञ्चालन गरिएको बताइएको छ । उनले अनुदानसँगै सौर्य ऊर्जामा आधारित उपकरण प्रयोग गर्न जनतालाई प्रोत्साहित गर्ने बताए ।


क्याटेगोरी : विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं