संसदमा हत्या आरोपी एमाले सांसद कोइरीबारे गृहमन्त्री लामिछाने र सांसद खतिवडाबीच जुहारी
काठमाडौं । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै हत्याको अभियोग लागेका सांसद संसद बैठकमा भएकाले उनको मतदान प्रक्रिया रोक्नुपर्ने माग गरेका थिए ।
सांसद खतिवडाले हत्या अभियोग लागेका सांसदबारे संसदमै रहेका गृहमन्त्रीको पनि ध्यानाकर्षण गराएका थिए । केहीबेरपछि संसद बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफू कसैको दबाबमा नभ विधि र पद्धतीका आधारमा काम गर्ने जवाफ फर्काए ।
गृहमन्त्री लामिछानेले आफूलाई न्यायोचित र विधिसम्मत काम गर्नमा दबाब नदिन पनि सांसदहरुलाई सचेत गराएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रामहरि खतिवडा, #लक्ष्मी महतो कोइरी
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्