Techie IT
  • ६ असार २०८२, शुक्रबार
KhojPatrika

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको बिज्ञप्ती मार्फत जनाइएको छ ।

अब पेट्रोल लिटरको १ सय ७५ तथा डिजेल र मट्टितेल लिटरको १ सय ७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ ।

आन्तरिक तर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २ सय २५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४ सय २० डलर पर्नेछ । खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन ।

भारतबाट मुल्य घट्दै आएपनि सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न भने आलटाल गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इन्धनको मूल्य, #नेपाल आयल निगम

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं