घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको बिज्ञप्ती मार्फत जनाइएको छ ।
अब पेट्रोल लिटरको १ सय ७५ तथा डिजेल र मट्टितेल लिटरको १ सय ७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ ।
आन्तरिक तर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २ सय २५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको नेपाल आयल निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४ सय २० डलर पर्नेछ । खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन ।
भारतबाट मुल्य घट्दै आएपनि सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न भने आलटाल गर्दै आएको छ ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इन्धनको मूल्य, #नेपाल आयल निगम
ताजा खबर
- १जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
- २अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
- ३बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी
- ४सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
- ५कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन



तपाईको कमेन्ट लेख्नुहोस्