बेलारुसका नयाँ विदेशमन्त्री र भारतीय राजदूतबीच एससीओ अध्यक्षताबारे छलफल
काठमाडौं । बेलारुसका लागि भारतीय राजदूत आलोक रञ्जन झाले बेलारुसका नयाँ विदेशमन्त्री सर्गेई अलेनिकसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा भारतीय राजदुतले भारतले अध्यक्षता गरिरहेको सांघाई सहयोग संगठन (एससीओ) को बारेमा छलफल गरेका छन् ।
दुई बीच भएको भेटवार्तामा बेलारूसी—भारत सम्बन्धका सामयिक मुद्दाहरू, साथै सांघाई सहयोग संगठनको ढाँचाको बारेमा छलफल भएको बेलारुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेको छ । दुवै पक्षले बेलारुस र भारतबीच विभिन्न तहमा सहयोग प्रगाढ बनाउन आपसी चासोको पुष्टि गरेका छन्।
भारतले सेप्टेम्बर २०२३ सम्म यस संगठनको अध्यक्षता गर्नेछ । यसअघि नोभेम्बरमा साङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरूको परिषद्को २१ औँ बैठक भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएको थियो। सदस्य राष्ट्रहरूका प्रमुखहरूले विश्व र क्षेत्रीय विकासका प्रमुख मुद्दाहरूमा आफ्नो विचार आदान–प्रदान गरेका थिए ।
सो बैठकमा एससीओ सदस्य राष्ट्र भित्र व्यापार, आर्थिक, सांस्कृतिक र मानवीय सहयोगलाई सुदृढ गर्न प्राथमिकताका उपायहरूबारे छलफल भएको थियो । यसको साथै उक्त बैठकमा सदस्य राष्ट्रका प्रमुखहरूले २०२२–२०२३ का लागि गणतन्त्र भारतको अध्यक्षताको लागि आफ्नो समर्थन व्यक्त गरेका छन् । प्रतिनिधिमण्डलका प्रमुखहरूले आज विश्व द्रुत विकास र व्यापक परिवर्तनको नयाँ युगमा प्रवेश गरिरहेको बताएका थिए।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्