सीको शून्य कोविड नीतिले चीनको अर्थतन्त्र ध्वस्त हुँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको कठोर शून्य कोभिड नीतिले देश मन्दीतर्फ गइरहेको बताइएको छ । भ्यालेरियो फाब्रीले चिनियाँ नागरिकलाई उद्धृत गर्दै स्लोभेनियाली समाचार पोर्टल प्लसमा लेखेका छन् ।
बेइजिङस्थित एक नागरिकले भनेका छन्, ‘म आफ्नो वरपरको आर्थिक मन्दी महसुस गर्न सक्छु । स्पष्ट छ, अर्थतन्त्र तलतिर जाँदैछ । सपिङ मलहरूमा कम मानिस, साना व्यवसायहरू हराउनु र दैनिक उपभोग्य वस्तुहरूको उच्च मूल्यबृद्धि आधिकारिक तथ्याङ्कभन्दा राम्रो प्रमाण हो ।
चीनमा कोभिडको कारण नभई चीनको नीतिको कारण अर्थतन्त्र संकटतर्फ गईरहेको भ्यालेरियो फाब्रीले चिनियाँ नागरिकलाई उद्धृत गर्दै स्लोभेनियाली समाचार पोर्टल प्लसमा लेखिएको छ ।
हाल आफ्नो कोभिड नीतिका कारण दैनिक चीनमा प्रदर्शनहरु हुने थालेका छन् । यसले यहाँको अर्थतन्त्रलाई थप घरासायी बनाउँदै लगेको छ । चीनको पछिल्लो परिस्थितिले विश्वव्यापी रूपमा तरंग सिर्जना गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्