सीको शून्य कोविड नीतिले चीनको अर्थतन्त्र ध्वस्त हुँदै
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको कठोर शून्य कोभिड नीतिले देश मन्दीतर्फ गइरहेको बताइएको छ । भ्यालेरियो फाब्रीले चिनियाँ नागरिकलाई उद्धृत गर्दै स्लोभेनियाली समाचार पोर्टल प्लसमा लेखेका छन् ।
बेइजिङस्थित एक नागरिकले भनेका छन्, ‘म आफ्नो वरपरको आर्थिक मन्दी महसुस गर्न सक्छु । स्पष्ट छ, अर्थतन्त्र तलतिर जाँदैछ । सपिङ मलहरूमा कम मानिस, साना व्यवसायहरू हराउनु र दैनिक उपभोग्य वस्तुहरूको उच्च मूल्यबृद्धि आधिकारिक तथ्याङ्कभन्दा राम्रो प्रमाण हो ।
चीनमा कोभिडको कारण नभई चीनको नीतिको कारण अर्थतन्त्र संकटतर्फ गईरहेको भ्यालेरियो फाब्रीले चिनियाँ नागरिकलाई उद्धृत गर्दै स्लोभेनियाली समाचार पोर्टल प्लसमा लेखिएको छ ।
हाल आफ्नो कोभिड नीतिका कारण दैनिक चीनमा प्रदर्शनहरु हुने थालेका छन् । यसले यहाँको अर्थतन्त्रलाई थप घरासायी बनाउँदै लगेको छ । चीनको पछिल्लो परिस्थितिले विश्वव्यापी रूपमा तरंग सिर्जना गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्