राष्ट्रिय सहकारी बैंक र महालक्ष्मी नगरपालिकाले गरे तरलता व्यवस्थापन कार्यक्रम
काठमाडौं । महालक्ष्मी नगरपालिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड इमाडोल शाखाको व्यवस्थापनमा सहकारी संस्थाहरूका लागि तरलता व्यवस्थापन सम्बन्धी प्रशिक्षण एवम् अन्तरक्रिया कार्यक्रम गरिएको छ । आँगन पार्टी प्यालेस, महालक्ष्मी नगरपालिका–१, इमाडोलमा कार्यक्रममा नगरपालिका भित्र रहेका सहकारी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा नगर प्रमुख हरि गोविन्द श्रेष्ठले नगर क्षेत्रभित्रका सहकारीहरू संस्थाहरु सदस्यमैत्री भई सफल, सबल र अब्बल भएको आफूले हेर्न चाहेको बताए । उनले सहकारी संस्थाहरुको विकास र प्रवर्द्धन गर्न नगरपालिकाले सहकारी बैंकसँगको सहकार्यमा काम गर्न सकिने उल्लेख गरे ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव बिस्तारै सहज भएको बताए । अलिले राष्ट्रिय सहकारी बैंकमा दैनिक निक्षेप बढिरहेको भन्दै अर्थतन्त्रमा देखिएको समस्या सहज हुने उल्लेख गरे ।
कार्यक्रममा सञ्चालक रामहरि बजगाईँ, केदार मानन्धर, नगरपालिकाको सहकारी शाखाका सरिता गौतम, राष्ट्रिय सहकारी बैंक इमाडोल शाखाका शाखा प्रमुख अनुजा सैँजु लगायतको उपस्थिति थियो । कार्यक्रममा बैंकको तालिम विभागका अधिकृत बल्लभ तिम्लसीनाले सहकारीको तरलता व्यवस्थापनको विषयमा सहजीकरण गरेकी थिइन ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #सहकारी बैंक
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्