जोतिषले दिएको साइतमा बालुवाटार छिरे प्रधानमन्त्री प्रचण्ड, छोरीले बुझिन् चाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्री सरकारी निवासमा सरेका हुन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन् । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका थिए ।
ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइत अनुसार बुधबार पाँच बजे सरिसक्नुपर्ने भए पनि उनी एक घन्टा ढिलोगरी बालुवाटार प्रवेश गरेका थिए ।
सरकारी निवासहरु शहरी विकास मन्त्रालय मातहतमा पर्छन । प्रधानमन्त्रीलाई नै चाबी हस्तान्तरण गर्न पदीय मर्यादा नमिल्ने हुनाले प्रधानमन्त्रीका परिवारका सदस्यलाई दिने प्रचलन रहेको छ ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सोमबार पद तथा गोपनियताको सपथ लिएर कार्यभार सम्हालेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जोतिषले दिएको साइत, #बालुवाटार छिरे प्रचण्ड
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्