अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएर आमा फरार
काठमाडौं । सर्लाहीको मलङ्गवाको प्रादेशिक अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। सोमबार दिउँसो अस्पताल आएकी एक गर्भवती महिला छोरालाई जन्म दिएर फरार भएको भेटिएको छ ।
अस्पतालको शौचालयमा शिशुलाई जन्म दिएपछि आमा फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले जानकारी दिए ।
नवजात शिशुलाई अस्पताल परिसरमा रहेको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा राखिएको छ। नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अवैध सम्बन्धका कारण शिशुको जन्म भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान र आमाको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । अस्पतालका कर्मचारी, नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #नवजात शिशु
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्