बढ्दो महिला हिंसा, तीन महिनामा मात्रै ५ हजार ४ सय ३५ महिला हिंसाका घटना

काठमाडौं । संसारभर यतिबेला महिला हिसां विरुद्धको अभियान जारी छ । नेपालमा पनि महिला हिंसा बिरुद्धको अभियान चलाइदै छ । तर, महिला हिसांको ठुला–ठुला घटना बाहिर आउन छाडेका छैनन् । महिला हिसांविरुदको घटना आइरहदा न्याय प्रवाह गर्ने निकाय भने मुकदर्शक बन्ने गरेको छ । प्रहरीको तथ्याङक हेर्ने हो भने पछिल्लो समय महिला हिसांका घटना डरलाग्दो सँग बढिरहेको छ । तर, पिडितले न्याय पाउन नसक्दा र दोषिलाइ कारबाहिको दायरामा नल्याउदा दोषिले उन्मुक्ति पाइरहेका हुन्छन् । अनि घटना बारम्बार दोहोरिरहन्छ ।
गत आइतबार काठमाडौको धुम्बाराहीमा एउटी महिलाले विवाह गर्न भनेर टिकाटालो भएको केटाको घर अगाडि आत्मदाह गरिन् । इन्गेजमेन्ट भएको ३ महिला पछि केटाको परिवारले कारण नबताइ इन्गेजमेन्ट तोडेको बुझिएको छ ।केटाको घरको गेट अगाडि पेट्रोल शरीरमा खन्याई आत्मदाह गर्न लाग्दासमेत बचाउन कुनै प्रयास नगरेको आरोप जोहरीमा परेको छ । उनको उपचारको क्रममा मृत्यु भएको छ ।
त्यस्तै महोत्तरी औरहीकी नेहा चौधरीको महोत्तरीकै रामगोपालपुर नगरपालिका– ५ का डा. पंकज चौधरीसँग विवाह भयो । डा पकज चिकित्सक थिए । उनले श्रीमतीलाइ दाइजोका नाममा तनाव दिने घरेलु हिंसा गर्न छोडेनन् । कति महिला बालाकृत भएका छन् । कति महिलाले आफ्नै श्रीमानबाट छियाछिया हुनेगरि काटिनु परेको छ । तर दोषिलाइ कारबाहिको दायरामा ल्याउन नसकिएको बताइन्छ ।
महिला हिंसा बढेपनि अनुसन्धान र कारबाही गर्ने निकाय मुकदर्शक छन् । धुम्बराहिमा भएको घटनाका बिषयमा राष्ट्रिय महिला आयोग बेखबर देखिन्छ । प्रहरीका अनुसार पछिल्लो एक बर्षमा मात्रै १७ हजार १४ महिला हिसांका घटना भएका छन् । सरकारी तथ्यांकअनुसार महिला हिंसा घट्नुको साटो बढिरहेको छ ।
आर्थिक वर्ष ०७४/७५ मा महिला हिंसाका घटना १५ हजार २ सय ३४ थिए । २०७५/७६ मा १९ हजार ३ सय ४ र ०७८/७९ मा पुग्दा फेरि २१ हजार ४ सय ५१ हिसां भएका छन् । चालू आर्थिक वर्षको तीन महिनामा मात्रै पाँच हजार ४ सय ३५ महिला हिंसाका घटना भएका छन् । महिला हिंसाका घटना बढ्नुमा उजुरी दर बढेर पनि संख्या बढी रहेको प्रहरीको तथ्याङ छ । महिला हिसां विरुदका थुप्र्र्रै्र आयोग संघ सस्था र सरकारी निकायहरु छन् । तर, महिला हिसांका घटना बढ्दै बढ्यै गर्दा राज्य मुक दर्शक बनेको भनेर धेरैले आलोचना गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #महिला हिसां, #महिला हिंसा विरुद्ध बानेश्वरमा र्याली
तपाईको कमेन्ट लेख्नुहोस्