कांग्रेसले सिफारिस गर्यो २९ महिलासहित ३२ जना समानुपातिक सांसदको नाम
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३२ समानुपातिक सांसद चयन गरेका हुन । कांग्रेसमा ३ जना पुरुषको मात्रै नाम पठाइएको छ ।
संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाएको छ । पुरुषतर्फ भने सबै क्लस्टरको पहिलो नम्बर प्रभावशाली नेताहरु थिए ।
खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, मधेसी पुरुषतर्फ अर्का पूर्वउपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियारलाई सिफारिस गरिएको छ ।
यस्तो छ कांग्रेसले सामानुपातिक सांसदमा छनोट गरेको नाम
आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२.लिलादेवी बोखिम
३.सीता कुमारी राना
४.सुशीला थिङ
५.सपना राजभण्डारी
६.माया राई
७.कुसुम थापामगर
८.मनोरमा सेरचन
खस आर्यतर्फ
१.अम्बिका बस्नेत
२.सरिता प्रसाईं
३.आरजु राणा देउवा
४.ईश्वरी न्यौपाने
५.प्रतिमा गौतम
६.मञ्जु खाँण
७.रमा कोइराला पौडेल
८.कान्तिका सेजुवाल
९.मैना रावल कार्की
मधेसीतर्फ
१.नागिना यादव
२.मुक्ता कुमारी यादव
३.चन्दा चौधरी
४.संगिता मण्डल
५.निनुकुमारी कर्ण
दलिततर्फ
१. शान्ति विक
२.रुपा विक
३.सीता मिजार
४.आशा विक
थारुतर्फ
१. कल्पना चौधरी
२.विना कुमारी थनेत
मुस्लिमतर्फ
१. जावेदा खातुन जागा
पुरुषतर्फ
१.जीवन परियार
२.विमलेन्द्र निधि
३.प्रकाशशरण महत
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #३२ समानुपातिक सांसद, #नेपाली कांग्रेस
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्