दिल्लीमा भाजपाले १५ वर्षदेखिको पकड गुमायो, बहुमतमा आप
कठमाडौं । भारतको दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले १५ वर्षदेखिको पकड गुमाउने देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले १५ वर्ष लगातार तीन कार्यकालपछि स्थानीय निकायमा बुधबार भएको चुनावमा हार ब्यहोर्ने सम्भावना देखिएको हो ।
चुनावमा आम आदमी पार्टीको बहुमत आउने संकेत देखिएको छ । कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम (एमसीडी) सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् ।
चुनावको पूर्ण नतिजा घोषणा भइसकेको छैन । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले छिट्टै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको छ ।
पछिल्लो एक महिनामा राष्ट्रिय राजधानी दिल्लीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिबद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहरका थुप्राहरू हटाउने र दिल्लीलाई स्वच्छ र सफा सहर बनाउने गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #भारतीय जनता पार्टी
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्