जिल्ला न्यायाधीश गिरीमाथि श्रीमतीलाई यौन शोषण गरेको आरोप,प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं । श्रीमतीलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पीडित श्रीमतीले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको भन्दै उजुरी दिएको १८ दिनपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।
पीडितले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोग पुगेकी थिइन । एक साताअघि राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग र न्यायपरिषद्मा पुगेर समेत उनले उजुरी दिएकी छिन् ।
दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । जिल्लाका ४ नम्बर न्यायाधीश गिरीकी उनी कान्छी श्रीमती हुन् । गिरी पहिलो श्रीमतीसँग कानुनी रूपमै सम्बन्धविच्छेद गरी कान्छी श्रीमतीसँगै बस्दै आएका थिए ।
गत फागुनमा १८ जना जिल्ला न्यायाधीशका लागि २ सय १२ जनाले परीक्षा दिएकामा गिरीसहित ३ जना मात्र उत्तीर्ण भएका थिए । गिरी तालिम लिएर ३ महिनाअघि मात्र जिल्लामा हाजिर भएका हुन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जिल्ला न्यायाधीश भुवन गिरी, #भुवन गिरी
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्