जिल्ला न्यायाधीश गिरीमाथि श्रीमतीलाई यौन शोषण गरेको आरोप,प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । श्रीमतीलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पीडित श्रीमतीले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको भन्दै उजुरी दिएको १८ दिनपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।
पीडितले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोग पुगेकी थिइन । एक साताअघि राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग र न्यायपरिषद्मा पुगेर समेत उनले उजुरी दिएकी छिन् ।
दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिँदै पत्र पठाएका थिए । जिल्लाका ४ नम्बर न्यायाधीश गिरीकी उनी कान्छी श्रीमती हुन् । गिरी पहिलो श्रीमतीसँग कानुनी रूपमै सम्बन्धविच्छेद गरी कान्छी श्रीमतीसँगै बस्दै आएका थिए ।
गत फागुनमा १८ जना जिल्ला न्यायाधीशका लागि २ सय १२ जनाले परीक्षा दिएकामा गिरीसहित ३ जना मात्र उत्तीर्ण भएका थिए । गिरी तालिम लिएर ३ महिनाअघि मात्र जिल्लामा हाजिर भएका हुन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जिल्ला न्यायाधीश भुवन गिरी, #भुवन गिरी
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्