स्याङ्जा २ बाट कांग्रेस उपसभापति धनराज गुरुङ विजयी, एमाले सचिव पद्मा अर्याल पराजित
काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी भएका छन् । कुल खसेको ७० हजार १ सय ९१ मतमध्ये ६८ हजार ५०८ मत गणना हुँदा धनराज एमाले उम्मेदवार पद्मा अर्याल भन्दा ५ हजार ७ सय ६६ मतान्तरले अघि छन् ।
२ हजार मत गन्न बाँकी रहँदा ५ हजारले अग्रता लिएपछि गुरुङको विजय जुलुस शुरु भएको छ । कांग्रेस उम्मेदवार धनराजले ३० हजार ९ सय ६९ मत पाएका छन् भने पद्माले २५ हजार २ सय ३ मत पाएकी छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १८ मत पाएका छन् । प्रदेशसभा २ मा पनि कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका महेश भट्टराईले १८ हजार ३७८ मत पाएका छन् भने एमालेका वुद्धिमान श्रेष्ठले १६ हजार २४३ मत पाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #धनराज गुरुङ विजयी, #नेपाली कांग्रेस
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्