नक्कली प्रशासकीय अधिकृत बुद्धिमान परियार पक्राउ
बाग्लुङ । जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भन्दै ठगी गर्ने गोरखाको शहीद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई प्रहरीले पक्राउ गरेको छ।
ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठीस्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
निजामती कर्मचारीको पोशाक, विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्र र आकाशचन्द्र परियार उल्लेख भएको प्रशासकीय अधिकृतको रबर छापसहित उनलाई पक्राउ गरेको हो । परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा यी सामान र कागजात फेला परेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्