सर्वाधिक मतान्तरसहित चितवन–२ मा रवि लामिछाने विजयी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
नवगठित लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याउँदा उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । तर, यसलाई निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी नै छ ।
लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका छन् । एमाले उम्मेदवार कृष्णभक्त पखरेलको १४ हजार ६ सय ४९ मत आएको छ । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम प्रतिस्पर्धी काँग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३ सय ५६ मत बढी ल्याएर चितवन–२ बाटै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।
सोही क्षेत्रबाट तेस्रो पटक उठेका पोखरेलले यो पटक कुल मत मात्र पनि ल्याएनन् । चितवन–२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रतिनिधिसभा, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्