काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पैसा बाँडेको आरोपमा पक्राउ(भिडियोसहित)
काठमाडौं । काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई स्थिर अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् ।
उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ । उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो ।
काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत भएको बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #३ जनालाई पक्राउ, #दीपक निरौला
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्