भेलुबाजेलाई २ हजार रुपैयाँ दिएकोबारे आयोगले सूर्य थापालाई सोध्यो स्पष्टिकरण
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई पुनः स्पष्टीकरण सोधेको छ । प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका थापालाई आयोगले पुनः स्पष्टीकरण सोधेको हो । शुक्रबार विज्ञप्ति जारी गर्दै भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिएर आफ्नो चुनावी प्रचारप्रसारमा सहभागी गराएको बारेमा आयोगले थापालाई स्पष्टीकरणा सोधेको हो ।
निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो?’ स्पष्टीकरणमा भनिएको छ, ‘यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयअनुसार निर्देशन दिइएको छ ।’
प्यूठानमा थापाको चुनावी प्रचारमा सहभागी भएका बुढाले आफूलाई प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएका थिए । सो भनाई सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #निर्वाचन आयोग, #नेकपा एमाले, #सूर्य थापालाई पुनः स्पष्टीकरण
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्