निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन भएका छन् । सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावी सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएसँगै सेना परिचालन गरिएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तोकिएको ठाउँमा पुगेर सेनाले सुरक्षा तयारी सुरु गरिसकेको छ । सेनाले हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिसकेको छ। एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना मतदानस्थलको बाहिरी सुरक्षामा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थकको नियन्त्रण तथा निष्क्रिय गर्नेलगायतमा परिचालन हुनेछन् ।
तत्काल परिचालन हुने गरी काठमाडौं, पोखरा, चितवन, बर्दिबास, इटहरी, सुर्खेतलगायतका ठाउँमा सेनाले हवाई व्यवस्थापनसहित १ सय ५० सैनिक तयारी अवस्थामा राखेको नेपाली सेनाले जनाएको छ। सुरक्षा संवेदनशील रहेका मतदानस्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६ सय १० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली सेना परिचालन, #प्रतिनिधि तथा प्रदेश सभा, #सैनिक जनसम्पर्क
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्