काठमाडौं १ का उम्मेद्वार पुकार बमलाई आयोगले तोक्यो ५ हजार जरिवाना
काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई निर्वाचन आयोगले कारबाही गरेको छ ।
निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उनलाई कारबाहीस्वरुप ५ हजार जरिवाना गराएको हो ।
उनले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको पाइएको आयोगले जनाएको छ । उनलाई आयोगले यसअघि स्पष्टीकरण सोधेकामा चित्तबुझ्दो जवाफ नभएपछि कारबाही गरेको जनाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उम्मेदवार पुकार बम
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्