रुकुमपूर्वमा सत्तागठबन्धनका उम्मेदवारलाई बागीकै चुनौति,प्रचार–प्रसारमा समेत अवरोध
रुकुमपूर्व । रुकुमपूर्वमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार छन् नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्ती । उनी लुम्विनी प्रदेशको सभामुख हुन । घर्तीलाई नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । उनीसँग प्रतिष्पर्धा गर्दैछन् नेकपा एमालेका कैलाशकुमार मल्ल । दुवैले आ–आफ्नो चुनावी प्रचार–प्रसार गरिरहेका छन् । प्रदेश तर्फको १ नम्बरमा नेकपा माओवादी केन्द्रका तर्फबाट तेजबहादुर ओली चुनावी मैदानमा छन् ।
सोही क्षेत्रमा नेकपा एमालेका तर्फबाट तेजेन्द्र बुढामगर चुनावी प्रतिष्पर्धामा छन् । दुवै उम्मेदवारलाई यहाँ स्वतन्त्र उम्मेदवार सुरुल पुन मगरले चुनौति दिदैछन् । बिजुलीको बल्ब चुनाव चिन्ह पाएका मगरलाई रुकुपूर्वका माओवादी केन्द्रका नेताहरुको समर्थन छ । माओवादीबाट उम्मेदवार बनेका तेजेन्द्रलाई चुनावी प्रचार–प्रसारमै अवरोध गर्नेसम्मका गतिविधि उनीहरुले गरिरहेका छन् । माओवादीबाट असन्तुष्ट भएका सुरुले गठबन्धनलाई निक्कै कडा टक्कर दिने देखिन्छ । प्रदेश सभा २ मा पनि प्रतिष्पर्धा निक्कै रोचक बन्ने देखिएको छ ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर केसी(डिबी) चुनावी मैदानमा रहँदा एमालेका तर्फबाट भावना बुढाथोकी प्रतिष्पर्धामा छिन । यहाँ राप्रपाबाट केशव चन्द्र समाल, मंगोल नेशनल अर्गनाइजेशनबाट लेखन बुढा र स्वतन्त्रबाट नरहरि खड्का चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, सत्ता गठबन्धनको सिट बाँटफाँडमा असन्तुष्टी जनाउँदै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष केशव रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अर्का स्वतन्त्र उम्मेदवार पूर्णजंङ सिंहले रावललाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय बनाएका छन् । प्रदेश २ मा रावलले गठबन्धनका उम्मेद्वार केसीलाई निक्कै चुनौति दिने देखिन्छ ।
स्थानीय तहको निर्वाचनमा बलियो देखिएको नेकपा माओवादी केन्द्रभित्रैबाट प्रदेश तर्फ बागी उम्मेदवार बन्दा गठबन्धनलाई समस्या परेको छ । प्रतिनिधि सभाका उम्मेदवार घर्तीको प्रतिष्पर्धी एमाले हुँदा प्रदेश तर्फ भने माओवादीका बागी उम्मेदवार र गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने मतदाता बताउछन् । स्थानीय तहको निर्वाचनमा समेत वडागत रुपमा गठबन्धन भएका कारण कसको मत कति छ भन्ने टुंगो छैन ।
क्याटेगोरी : जनगुनासो, जनप्रतिनिधि, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उम्मेदवारलाई बागीकै चुनौति, #माओवादीबाट बागी लहर !, #रुकुमपूर्व
ताजा खबर
- १सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- २पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय
- ३विगत ३५ वर्षसम्म काँग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाएः उपेन्द्र यादव
- ४भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैनः पृथ्वीसुब्बा गुरुङ
- ५ओलीलाई घनश्याम भुसालले भनेः निर्वाचन बिथोल्नेतिर नलाग्नुहोस्



तपाईको कमेन्ट लेख्नुहोस्