भक्तपुरका सहकारीकर्मीलाई दिइयो सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि तालिम
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड सुर्यविनायक शाखाले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । शुक्रवार सुर्यविनायक शाखाको कार्यक्षेत्र अन्तर्गतका सहकारी संघ–संस्थालाई लक्षित गरि आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिममा त्यस क्षेत्रका २७ वटा सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
एक दिने उक्त तालिम कार्यक्रमको शुभारम्भ सुर्यविनायक शाखाका प्रमुख दिनेश गेलालले तालिममा आपराधिक क्रियाकलाप र गैर कानुनी काम गरी आर्जन गरेको रकम सहकारी संघ–संस्था, बैंक तथा अन्य वित्तीय माध्यमले शुद्धीकरण गर्ने कामलाई निरुत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धी कानुनी व्यवस्था, शुद्धि करणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रक्रियाको बारेमा सहकारी संघ–संस्थामा काम गर्ने कर्मचारीले ध्यान दिनु पर्ने बताए ।
नेपाल राष्ट्र बैंकका पूर्व उप–निर्देशक श्याम कृष्ण दाहालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी उक्त तालिमको सहजीकरण गर्दै गैर कानुनी रूपमा आर्जित रकम, आपराधिक र आतङ्कवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शङ्कास्पद कारोबारको रिपोर्टिङ लगायत विषयमा जानकारी दिएका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #राष्ट्रिय सहकारी बैंक, #सुर्यविनायक शाखा
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्