नेडाकको प्रथम उपाध्यक्षमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती पुनः निर्विरोध निर्वाचित
काठमाडौं । एसिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरूको विकासका लागि सञ्जाल (नेडाक) को प्रथम उपाध्यक्षमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के. बी. उप्रेती पुनः निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार बैंककमा सम्पन्न साधारण सभाबाट उप्रेती तेस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका हुन ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको संचालक समेत रहेका उप्रेतीले राष्ट्रिय सहकारी बैंकको तर्फबाट नेडाकमा प्रतिनिधित्व गर्दै आएका छन् । उप्रेतीसँगै अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम भारतका प्रबन्ध निर्देशक पंकज कुमार बंसल निर्वाचित भएका छन् ।
नेडाकका अध्यक्ष तथा सह –अध्यक्षको अनुपस्थितिका कारण साधारणसभा उप्रेतीकै अध्यक्षतामा संचालन भएको थियो । सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रूपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।
सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रूपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । FAO ANNEX बैंककमा सचिवालय रहेको NEDAC, ९ एसियन राष्ट्रका १६ संस्थाको सञ्जाल बाट सुरु भएकोमा हाल ५७ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छन् ।
नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् । नेडाकको आगामी कार्यसमितिको बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #के.बी.उप्रेती, #नेडाक, #राष्ट्रिय सहकारी बैंक
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्