पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । खुट्टामा गोली लागेर उनी घाइते भएका छन् । गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३–४ राउण्ड गोली हानेका थिए ।
पाकिस्तान तहरीक–ए–इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ । घटनामा अरु ३–४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते हुनेमा पाकिस्तान तहरीक–ए–इन्साफका नेता फैसल जावेद पनि छन् ।
गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् । खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् । उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #इमरान खानमाथि गोली प्रहार, #पूर्वप्रधानमन्त्री इमरान खान
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्