सहकारीमार्फत मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तन गर्नुपर्छ

मोरङ । राष्ट्रिय सहकारी बैंकले सहकारीको वर्तमान अवस्था भावी कार्यदिशा र बैंकको भूमिका विषयक अन्तरक्रिया गरेको छ । शनिवार मोरङ र सुनसरी जिल्लामा रहेको सदस्य संघ संस्थाका प्रतिनिधिहरुसंग सहकारीको वर्तमान अवस्था भावी कार्यदिशाको विषयमा बैंकमा आबद्ध सहकारी संघ संस्थाहरुको संस्थागत विकास तथा संस्थामा आबद्ध सदस्यहरूलाई उत्पादन, प्रशोधन र बजारीकरणतर्फ आकर्षित गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया गरेको हो ।
सहकारीमार्फत मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तनका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका कसरी बढाउन सकिन्छ भन्ने विषयमा सदस्य संघ संस्थाका प्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको थियो । सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरूको श्रेणी करणको प्रक्रिया सुरु गरेको बताए । पण्डितले एक वर्षभित्रै सहकारीहरूको अवस्था र स्तर छुट्याउने गरी क, ख, ग, घ गरी चार श्रेणीमा छुट्याइने जानकारी दिए । सहकारीको विकास र व्यवस्थापनलाई अझ चुस्त दुरुस्त बनाउनका लागि विभिन्न काम भइरहेको जानकारी बताउँदै यसमा सहकारी बैंकको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी क्षेत्रलाई वित्तीयरुपमा सक्षम, संस्थागतरुपमा सुशासनयुक्त र प्रविधिमैत्री बनाउनका लागि सहकारी बैङ्कसँगको सहकार्यका लागि सहकारी संघ संस्थाहरुलाई आह्वान गरेका थिए । कतिपय सहकारीहरू सहकारी ऐन नियमलाई वास्ता नगर्ने, माथिल्लो निकायमा आबद्ध नभई एक्लै हिँड्न खोजेका कारण पछिल्लो समय सहकारीमा समस्या देखिएको, अध्यक्ष उप्रेतीले भने, ‘सजिलोमा एक्लै र मनपरी ढङ्गले सञ्चालन भएका सहकारीहरू अप्ठेरोमा परेपछि अभियान खोज्दै आएका छन् ।’ सहकारीको रकम सहकारीमा राखौभन्दा वास्ता नगर्ने, सहकारीमा वित्तीय समस्या आएपछि अभियानको साथ खोज्ने प्रवृत्तिमा सुधार आउन आवश्यक रहेको उनको भनाई थियो ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #राष्ट्रिय सहकारी बैंक, #संघ संस्थाका प्रतिनिधि
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्