अधिकृत कर्मचारीलाई दिइयो सहकारी बैंकको नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आयोजनामा बैंकका अधिकृत तहका कर्मचारीहरूका लागि नेतृत्व तथा कार्यक्षमता अभिवृद्धि तालिम दिइएको छ ।
भक्तपुरको नगरकोटमा बिहीबारदेखि सुरु भएको तालिममा बैंकमा कार्यरत कर्मचारीहरूलाई नेतृत्व तथा क्षमता विकास लगायतको विषयमा अधिकृत स्तरका कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी बैंकको सेवालाई थप प्रभावकारी बनाउन तथा समन्वयकारी भूमिका लागि तालिम दिइएको हो ।
कर्मचारीहरूलाई सञ्चार सिप, आपसी सम्बन्ध निर्माण सिप, सकारात्मक सोचाइ निर्माण सिप, नेतृत्व विकास तथा कार्य प्रस्तुतीकरण लगायतका विषयहरूमा प्रशिक्षण दिइएको छ । तालिमलाई अस्ट्रेलियाका पूर्व राजदूत महेशराज दहाल र सामुदायिक विकास विज्ञ हिक्मतसिंह लेकालीले सहजीकरण गरेका थिए ।
सहकारी बैंकका सदस्य सेवा विभागका प्रमुख रामबाबु आचार्यले बैंकको लक्ष्य तथा उद्देश्य अनुरूप सेवा सुविधा प्रदान गर्नका लागि कर्मचारीको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने भएकाले तालिम प्रभावकारी हुने बताएका थिए । तालिममा केन्द्रीय कार्यालय तथा बैंकको विभिन्न शाखा कार्यालयमा कार्यरत अधिकृत स्तरका २८ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ताजा खबर
- १नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा
- २इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
- ३सरकारको साझा प्रतिवद्धता कागजमा मात्र सिमित नहोस्
- ४२०६२–६३ देखिका उच्च राजनीतिक पदधारीको सम्पती छानबिन गरिने, सरकारद्वारा समिति गठन
- ५पूर्णबहादुर खड्कालाई स्पष्टिकरण सोध्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्