सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनमा प्रतिबन्धको प्रस्ताव ईयूबाट पारित
काठमाडौं । सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार प्रभावकारी रुपमा प्रतिबन्ध गर्ने प्रस्ताव यूरोपेली संघ (ईयू) बाट पारित भएको छ । जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि पनि त्यस्ता कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान ईयूका सदस्य राष्ट्र एकमत भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यससम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने यूरोपेली आयोग, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनीहरु पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् । ‘यो सहमतिले यूरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको पुष्टि गरेको ईयू जलवायु नीति प्रमुख फ्रान्स टिम्मरम्यानले जानकारी दिए । नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।
यूरोपेली कार उद्योग संघ (एसीईए)ले कार्बन उत्सर्जन बढी गर्ने इन्जिनलाई प्रतिबन्ध गरी अति कम मात्रामा उत्सर्जन हुने इन्जिनलाई प्रोत्साहन गर्न प्रस्ताव गर्दै आएको थियो । ईयूले पूर्णता दिएको सहमतिअनुसार अब यूरोपियन युनियनले २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक मस्यौदा तयार गर्नेछ ।
क्याटेगोरी : अर्थ, विदेश, समाचार
ट्याग : #प्रतिबन्ध गर्ने प्रस्ताव, #यूरोपेली संघ
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्