बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वारा समृद्ध सिन्धुली बनाउने प्रतिवद्धता

काठमाडौं । सिन्धुलीका प्रतिनिधि र प्रदेश सभामा सत्ता गठबनधनका तर्फबाट उम्मेदवार बनेकाहरुले आफुहरुको जित भएमा सिन्धुलीलाई हरेक दृष्ट्रिकोणले समृद्ध बनाउने प्रतिवद्धता जनाएका छन् । शनिबार नेपाली कांग्रेस सिन्धुली काठमाडौंं सम्पर्क समिति,नेकपा माओवादी केन्द्र सिन्धुली– काठमाडौं सम्पर्क समन्वय समिति र नेकपा एककिृत समाजवादी सिन्धुली–काठमाडौ सम्पर्क मञ्चद्वारा संयुक्त रुपमा काठमाडौंमा आयोजित शुभकामना कार्यक्रममा उम्मेदवारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धनका सिन्धुली क्षेत्र नम्बर –१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामकुमार घिमिरेले बिगतमा नेकपा एमालेलले झण्डै दुई तिहाइको सरकारको नेतृत्व गर्दा संविधान र लोकतन्त्रलाई धरापमा पारेको र जनताको पक्षमा कुनै काम नगरेको आरोप लगाए । उनले एमालेले जनतामा गएर भोट माग्ने नैतिक आधार समेत गुमाइसकेको भन्दै संविधान,लोकतान्त्रिक गणतन्त्रको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
घिमिरेले आफू निर्वाचित भएको खण्डमा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्नुका साथै सिन्धुलीलाई हरेक दृष्ट्रिले समृद्ध बनाउने प्रतिवद्धता जनाए । उनले देशमा भ्रष्टाचार नियन्त्रणका लागि आफू सधै लागिपर्ने दाबी गरे । सिन्धुली क्षेत्र नम्बर –२ का सत्ता गठबन्धनका उम्मेदवार एवं नेकपा माओवादीका पोलिटव्यूरो सदस्य राजन दाहालले विगतमा नेकपा एमाले देश,जनता, संविधान र लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध गएकाले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्ता साझेदार दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिएको बताए ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको स्वेच्छाचारिता र प्रतिगमनको कारणले दश वर्षे माओवादी जनयुद्धको उपलब्धिबाट प्राप्त उपलब्धि धरापमा पर्ने भएपछि त्यसको रक्षाका लागि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका सत्ता साझेदार दलहरु गठबन्धन बनाएर चुनावमा गएको उल्लेख गरे । उनले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबैसँग आग्रह गरे । दाहालले आफू निर्वाचित भएमा सिन्धुलीको मुहार फेर्न अहोरात्र खटिने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले ओली वर्तमान व्यबस्था विरोधी भएको आरोप समेत लगाए । दाहालले बिगतमा एमाले निर्माण गर्ने माधवकुमार नेपाल, झलनाथ खनाल जस्ता नेताहरु नेकपा एककिकृत समाजवादी पार्टी निर्माण गरेर लोकतन्त्र जोगाउन लागि परेका भन्दै ओली नेतृत्वको एमाले नक्कली एमाले भएको आरोप लगाए । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले वर्तमान राजनीतिक उपलबिधको रक्षा र स्थिरताका लागि गठबन्धन गर्नु परेको बताएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सत्ता गठबनधन, #सिन्धुली काठमाडौंं सम्पर्क समिति, #सिन्धुलीका प्रतिनिधि
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्