सिन्धुलीलाई विकासमा नमूना जिल्ला बनाउने श्याम घिमिरेको दाबी
सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामकुमार घिमिरेले आफू निर्वाचित भएमा सिन्धुलीलाई नमूना जिल्ला बनाउने बताएका छन् । बिहिबार क्षेत्र नम्बर १ स्थित दुधौली नगरपालिकाको कोगटीमा सत्ता ठबन्धनका उम्मेदवारद्वारा आयोजित घरदैलो र कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सिन्धुलीलाई बिकासमा नमूना जिल्ला बनाउने दाबी गरेका हुन ।
घिमिरेले आफू सिन्धुलीमै जन्मे हुर्किएकाले सिन्धुली र सिन्धुलीका जनताका समस्या आफूलाई थाहा भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले विगतमा एमालेका उम्मेदवारले पटक– पटक जितेर गएपनि जिल्लाको विकासमा केही नगरेको आरोप लगाए । एमालेले २५ वर्षमा सिन्धुलीमा गर्न नसकेको काम आफूले ५ वर्षमै गरेर देखाउने घिमिरेले आश्वासन दिए ।
झण्डै दुई तिहाइको बहुमतको सरकार हुँदा पनि एमालेले जनताका पक्षमा काम गर्न नसकेको उनको आरोप छ । शिक्षामा सबैको पहुँच, स्वास्थ्य,खानेपानी, सडक र पूर्वाधारको विकास लगायत ऐतिहासिक सम्पदा, विविध संस्कृति र परम्पराको संरक्षणमा आफ्नो प्राथमिकता रहने पनि उनको भनाई छ । उनले गठबन्धनका नेता कार्यकर्तालाई निर्धक्क भएर एकतावद्ध रुपमा निर्वाचनमा होमिन आग्रह पनि गरे ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #श्यामकुमार घिमिरे
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्