Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

चुनाव जित्न साँठगाँठ कि त्रास ! शिर्ष नेताको ठाउँमा कमजोर उम्मेदवार


काठमाडौं । २०४८ को संसदीय निर्वाचनमा डडेल्धुरा क्षेत्र नम्बर १ बाट निर्वाचित काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस क्षेत्रबाट अहिलेसम्म पराजित भएका छैनन । अहिले पनि देउवा डडेल्धुराबाट चुनाव लडदै छन । २०७४ सालमा सम्पन्न संसदीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार खगराज भटटलाई देउवाले पराजित गरेका थिए । तर अहिले अवस्था फेरिएको छ । देउवाका निकट रहेका पुर्व सहयोगी तथा निवर्तमान प्रदेश सांसद कर्ण बहादुर मल्ल देउवा विरुद्ध वीपी काँग्रेस प्रवेश गरेर देउवालाई चुनौती दिन उनको क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवार बनेका छन । त्यहाँ एमालेले चक्र स्नेहीलाई  उम्मेदवार बनाएको थियो । शुरुमा आफनो उम्मेदवारलाई फिर्ता गराएर एमालेले मल्ललाई सहयोग गर्ने बताएको थियो ।

अहिले एमालेले मल्ललाई पनि सहयोग नगर्ने बताएको छ । मल्ल एमालेको सहयोग पाएपछि देउवाका लागि भारि बन्दै गएका थिए । तर, अब परिस्थ्तिि फेरिएको छ। एमालेले मल्ललाई सहयोग नगर्ने भएपनि देउवा सेफ जोनमा रहेको बताइन्छ । डडेल्धुरामा देउवा बिरुद्ध सागर ढकालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएपनि उनले धक्का दिन सक्ने स्थिति छैन ।

२०७४ सालको संसदीय निर्वाचनमा राप्रपा र तत्कालिन माओवादी पार्टीसँग कार्यगत एकता गरेर झापा ७ बाट उम्मेदवार बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारी मतान्तरले काँग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई भारी मतले पराजित गरेका थिए । काँग्रेसले अहिले पनि उनै अधिकारीलाई टिकट दिएपछि अहिले झापा ५ बाट उम्मेदवारी दिएका ओली सुरक्षीत बनेको बताइन्छ । त्यहाँ स्थानिय काँग्रेस नेताहरु सुरेश सुब्बा, महेन्द्र कुमारी लिम्बु प्रतिष्पर्धी भएपनि फेरि अधिकारीनै चुनावी मैदानमा छन् त्यस्मा पनि ओलीले राप्रपासंग सहकार्य गरेका छन् त्यसकारण पनि उनी सुरक्षित रहेको बताइन्छ ।

ससंस्त्र द्धन्द्धको अन्त्य भएपछि प्रचण्ड २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा रोल्पा क्षेत्र न २ र काठमाण्डौ क्षेत्र नम्वर १० बाट विजयी भएका थिए । दोश्रो संविधान सभा २०७० मा सिराहा क्षेत्र न ५ र काठमाडौ क्षेत्र न १० गरी दुई ठाउँबाट निर्वाचन लडेका थिए । तर, सिराहामा नेकपा एमालेका लिलानाथ श्रेष्ठलाई पराजित गरेका प्रचण्डले काठमाडौ १० मा विजयी हुन सकेनन । नेपाली काँग्रेसका राजेन्द्र कुमार केसीले उनलाई पराजित गरेका थिए ।

२०७४ को संसदीय निर्वाचनमा प्रचण्डले काँग्रेसको आधार क्षेत्र मानिने चितवन ३ बाट विजयी भए । अहिले माओवादीको आधार क्षेत्र गोर्खा २ बाट प्रचण्ड प्रतिस्पर्धा गदै छन । त्यहाँ एमालेले २९ वर्षीय युवा अब्दुल सलाम मियालाई टिकट दिएको छ । उनी केहि दिन अघि मात्र एमाले प्रवेश गरेका युवा हुन् । यस अघि उनी विवेकशील साझामा थिए ।  प्रचण्डको गोर्खामा पल्ला भारि रहेको बिश्लेषण भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहट १ वाट चुनाव लडेका छन । एमालेले त्यहाँ स्थानिय नेता अजय कुमार गुप्तालाई उम्मेदवार बनाएपछि नेपालले निर्वाचनमा वाजि मार्ने अनुमान गरिएको छ ।

२०७४ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहु १ बाट (तत्कालिन नेकपा) र हालको नेकपा एकिकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भएका थिए । अहिले पनि पौडेलले सोही क्षेत्रबाट संसदीय निर्वाचन लडेका छन । उनलाई काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले सो क्षेत्रबाट उम्मेदवार बनेर चुनौती दिएपछि पौडेलले चुनाव जित्न निकै मेहन गर्नुपर्ने बताइन्छ । हुनत् सत्ता गठबन्धनको कार्यदलले शिर्ष नेतालाई निर्वाचनमा जिताउने तथा निर्वाचन क्षेत्र संवेदनशिलतालाई हेरेर समेत सिटमा तालमेल गरेको थियो ।

अहिले अधिकांश शिर्ष नेता उठेको ठाउँमा राजनीतिक दलले कमजोर उम्मेदवार दिएर शिर्ष नेतालाई चुनाव जित्न सजिलो बनाएको चर्चा पनि हुने गरेको छ । तर यो भनाइको दलहरुले अस्किार गरेका छन । नेकपा माओवादी केन्द्र नेतृ एवं पूर्व सभामुख ओनसरी घर्ती शिर्ष नेता उठेको ठाउँमा अन्य दलले कमजोर उम्मेदवार दिनु संयोग मात्र भएको बताउछिन् । प्रमुख दलका शिर्ष नेताहरु काँग्रेस सभापति देउवा,एमाले अध्यक्ष ओली ,माओवादी अध्यक्ष दाहाल लगाएतले जित निकाल्ने सहज हुने गरि बिपक्षीले उम्मेदारी दिंदै अघोषित सेटिङ भएको भनि कतिपयले चर्चा गर्ने पनि गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #२०७४ सालको संसदीय निर्वाचन, #देउवा, #संसदीय निर्वाचन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं